
बिहीबार राति १० बजेतिर एनसेल टावरको सुरक्षामा लगाइएको बार तोडेर सो समूहले आगजनी गरेको जनाइएको छ ।
एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
घटनास्थलको अवस्था हेर्दा योजनाबद्ध तरिकाले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
‘राज्यलाई कर नतिर्ने’ एनसेल कम्पनीलाई कारबाही गर्ने पार्टीको कार्यक्रमअन्तर्गत् नुनथलामा रहेको एनसेल टावरमा आगजनी गरिएको सो समूहले जनाएको छ ।
टावरमा आगजनी गरिएपछि बिहीबार रातिबाटै जिल्लामा एनसेल मोबाइल अवरुद्ध भएको छ ।
टावर आगजनी गर्ने समूहको खोजीकार्य भइरहेको प्रनाउ थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्