नेपालले भारतलाई दियो पुल बनाउन अनुमति • Image Khabar Image Khabar


नेपालले भारतलाई दियो पुल बनाउन अनुमति


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १९:४५

नेपालले भारतलाई दियो पुल बनाउन अनुमति

भारतीय पक्षले माग गरेको ठाउँमा तीनओटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिए ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो ।

कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँ–सराइलाई मध्यनजर गर्दै केही समयका लागिमात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिए ।

यसअघि, भारतीय पक्षले नेपालको सहमतिबिना नै ब्यास गाउँपालिका–२ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर–१ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठेपुल लगाएर भारतपट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवत–जावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमि कच्ची सडक र झन्डै दुई किमि बाटोसमेत निर्माण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्