शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबारदेखि देशव्यापीरुपमा विद्यालयभन्दाबाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सन्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । उनले भर्ना अभियानकैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक/एकजना विद्यार्थीलाई भर्ना गरेको बताए । ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यस वर्ष मन्त्रालयले…