२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हुम्ला पुगेर प्रधानमन्त्रीले भने–‘आजैदेखि विकसित देश बनाउने प्रण गरौं’


0
Shares

शनिबार हुम्लाको सिमकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मुलुक सधैं पछाडि रहन नसक्ने बताए ।

‘अब देशलाई विकसित बनाइन्छ’–उनले भने–‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’

प्रधानमन्त्री ओलीले भूगोल जस्तोसुकै भएपनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताए ।

‘भूगोल सजिलो पनि हुनसक्छ, अप्ठ्यारो पनि हुनसक्छ’–उनले भने–‘सबै ठाउँको महत्व आ–आफ्नै छ ।’

प्रधानमन्त्री ओलीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए ।

कर्णालीबाट जडीबुटीको प्रवद्र्धन गर्नसकिने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

सभाअगाडि प्रधानमन्त्री ओलीले मुगुको छायाँनाथ, हिल्सा–सिमकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातओटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री ओलीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए ।

स्थानीयका माग पूरा गर्ने उनले प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।