काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक शिक्षाले सामाजिक सद्भाव, सहअस्तित्व र विविधताको सम्मान गर्ने भावना विकास गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा परीक्षामा राम्रो नतिजा ल्याउने र प्रमाणपत्र हासिल गर्ने माध्यममा मात्र सीमित हुन नहुने बताउनुभयो ।
सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो जनशक्ति आवश्यक छ भन्ने विषयको पहिचान शैक्षिक प्रणालीले गर्नुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले देशभित्रै उत्पादनशील रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धनमा सहयोग पुर्याउने खालको व्यावहारिक शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।
बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता भएको नेपालमा शैक्षिक संस्थाहरूले विविधताको सम्मान गर्दै राष्ट्रिय एकता, करुणा र अनुशासनको भावना विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्