
अभियानको शुरुवात काठमाडौं क्षेत्र नम्बर–४ का सांसद गगन थापा र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रुपमा गरे ।
काठमाडौंको ज्ञानेश्वर चोकबाट सुरु भएको अभियान चावहिल चोकमा पुगेर समापन भयो ।
काठमाडौंलाई फोहोर मुक्त बनाएर संस्कृति र सम्पदाको संरक्षणमा जुट्न सांसद थापाले आग्रह गरे ।
काठमाडौं दैनिक धुवा, धुलोबाट आक्रान्त भएको भन्दै थापाले धुवा धुलोबाट बच्न आफैं सरसफाईमा जुट्नुपर्ने बताए ।
संस्कृतिविद् जोशीले एक दिने अभियानले मात्र सफाई नहुने भन्दै आफैंमा चेतना आवश्यक रहेकोमा जोड दिए ।
उनले पछिल्लो समय काठमाडौंमा प्रदूषण बढ्दै गएको भन्दै यसले मानव स्वास्थ्यमा गम्भिर असर पु¥याउँदै गएको बताए ।
सरसफाई अभियानमा काठमाडौं महानगरपालिकाका कर्मचारी, नागरिक समाजका अगुवा तथा स्थानीयबासीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्