
देउडा समाजले नयाँवर्ष तथा बिसु पर्वको अवसरमा शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले मौलिक संस्कृति र परम्पराले राष्ट्रिय एकतालाई मजबुत् गर्ने भएकाले यसको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सामाजिक सद्भाव र स्वाभिमानको रक्षा गर्दै नेपालको शिर संसारभर उच्च राख्ने काममा सबैले योगदान गर्नुपर्ने बताए ।
रावले सुदूरपश्चिमको मौलिकता झल्कने कवितावाचन गरेका थिए ।
इमेज टेलिभिनजका अध्यक्ष आरके मानन्धरले परम्परागत संस्कृतिहरु मुलुकको गहना भएकाले यसको जगेना गर्नु सर्बको कर्तव्य रहेको बताए ।
कार्यक्रममा इमेज टेलिभिजनका अध्यक्ष मानन्धरलाई टेलिभिजनको माध्यमबाट गीत–संगीत, भाषा र संस्कृतिमा टेवा पु¥याउन उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको थियो ।
यसैगरी, कलाकारिताको माध्यमबाट मौलिक संस्कति र पहिचान प्रस्तुत् गरी राष्ट्रलाई योगदान गरेबापत वरिष्ठ कलाकार मिथिला शर्मालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा देउडा समाजले सुदूरपश्चिमको देउडा गीत प्रस्तुत् गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्