प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमै ढलेका वडाध्यक्षको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो ।
६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । रासस