राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कहिले जनताका नाममा र कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने’ चेतावनी दिए । ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन’–उनले भने । प्रधानमन्त्री ओलीले अगाडि थपे–‘राष्ट्रअघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला…