२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संघीयता नचाहने शक्तिले प्रदेशलाई कमजोर बनाउन खोजेः मुख्यमन्त्री राई


0
Shares

पाँचथर, बैशाख २४ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामांकन र स्थायी राजधानीको केन्द्र छिट्टै टुंगोे लाग्ने बताएका छन् ।

पाँचथरको फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा आपसी सहमतिकै आधारमा प्रदेशको नामांकन र राजधानीको टुंगो लगाउने बताएका हुन् ।

संघीयता कार्यान्वयन नचाहने शक्तिले प्रदेशलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै सबै मिलेर संघीयता सफल गराउनुपर्नेमा मन्त्री राईको जोड रहेको थियो ।

मुख्यमन्त्री राइले जनताका कामहरु ढिलासुस्ती गर्ने प्रवृति तोड्ने र निजी क्षेत्रलाई लगानीमा आकर्षण गराएर प्रदेश १ लाई समृद्ध बनाउनुपर्ने धारणा राखे ।