२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बर्षा र बाढीका कारण बझाङमा एक हप्ता भित्र नौं जनाको मृत्यु


0
Shares

डीबी विष्ट/ ईमेज:
बझाङ, बैशाख २४ । बझाङका बिभिन्न ठाउँमा वाढीका कारणले नौं जनाको मृत्यु भएको छ ।

२२ गते राति आएको अबिरल बर्षाका कारण थलारा गाँउपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थलारा गाँपालिका ४ का २७ बर्षीय हर्क विक, उनकी श्रीमती २६ बर्षीया डल्ली देबकी विक ,उनकै १२ बर्षीया छोरी मनिषा बिक र ३ बर्षीया छोरा सक्षम बिक र मृतक हर्क बिककी आफन्त ३५ बर्षिया कलसी विक रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । गाँउ नजिकै रहेकोे डिक्लीगाड खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी बर्षका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्तरर्गत पर्ने जयपृथ्वी नगरपालिका–७ मा समेत सुवेडा खोलाले से १ ज ८२० नम्बरको जीप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउपालिका २ का बर्ष ३३ का ‘ओम’ भनिने अम्मराज बन, कन्चनपुर महाकाली नगरपालिका–१ घर भई हाल बझाङ्गमा जिप चालकको काम गरी रहेका बर्ष २८ का रमेश चन्द्र र केदार स्युँ गाउपालिका १ बस्ने बर्ष २७ का ‘आशु’ भनिने अशोक ओडको मृत्यु भएको हो ।

त्यस्तै बुंङ्गल नगरपालिकाको कालंगा नदिमा नुहाउने क्रममा १८ गते केदार स्युँ गाउपालिका घर भई बर्ष ४० का मिठ्ठु खातीको मृत्यु भएको थियो ।

जिल्लामा फरक फरक ठाउँमा एक हप्ता भित्र नौं जनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक(डिएसपी) क्रिर्षिराम कँडेलले बताए ।

यस्तै दुर्गाथली गाँउपालिका २ सुडीखोलाका सुरेश विष्टका ९ वटा बाख्रा पुरिएका छन् ।