काठमाडौं, चैत २८ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अफ्ठेरो परिस्थितिमा सेनालाई संस्थागत्रुपमा लोकतान्त्रिक मार्गमा डोर्याउन पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको महत्वपूर्र्ण योगदान रहेको बताएका छन् । पूर्वप्रधान सेनापति गुरुङको आत्मकथा ‘जनताको छोरो’को आइतबार राजधानीमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानसेनापति रुक्माङ्गद कटवालबीचको विवादले अफ्ठेरो परिस्थिति ल्याएकोबेला बलाधीकृतको हैसियतमा गुरुङले खेलेको भूमिकाले स्थिति नियन्त्रणबाहिर…