३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


पशुबलि रोक्न माग गर्दै साइकल र्‍याली


0
Shares

चितवन, चैत २७ । पशुबलि रोक्न माग गर्दै शनिबार चितवनमा र्‍याली निकालिएको छ ।

पशु हितका क्षेत्रमा सक्रिय युवाहरुले भरतपुरदेखि नारायणगढसम्म साइकल र्‍याली निकालेका हुन् ।

विभिन्न पर्वका बेलामा भगवानका नाममा दिइने पशुबलि रोक्न र सरकारले हालैमात्र कानुन संशोधन गरी वन्यजन्तुपालनलाई प्रोत्साहन गर्न खुकुुलो नीति तय गर्न लागेको विरोधमा र्‍याली निकालिएको हो ।

पशु अधिकार संस्था (एनिमल राइट्स क्लब), वन फुड फरवार्ड र लियो क्लब चितवन सेन्ट्रलले साइकल र्‍याली आयोजना गरेका हुन् ।