काठमाडाैं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन साेमबारदेखि शुरु हुँदैछ ।
बैठक दिउँसो १ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभएकाे हाे । बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएकाे थियाे । अधिवेशन आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।










प्रतिक्रिया दिनुहोस्