१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


साँस्कृतिक कार्यक्रम हेरेर फर्कनेक्रममा युवकको हत्या


0
Shares

पाँचथर, चैत २७ । पाँचथरको आरुबोटेबाट साँस्कृतिक कार्यक्रम हेरेर फर्कनेक्रममा शुक्रबार राति रवि–१ का सुखविर राईको हत्या भएको छ ।

रवि–२ लिलिया खोलाको बाटोमा हत्या गरी फालेको अवस्थामा प्रहरीले राईको शव फेला पारेको हो ।

ओलने–९ घर भइ रवि–१ आफन्तको घरमा बस्दै आएका देऊके भन्ने अनिल राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

अभियुक्तको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि प्राथामिक स्वास्थ्य केन्द्र रविमा लगिएको छ ।