५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


तटबन्ध नबन्दा पाँच सय घर–परिवार रहेको पूरै बस्ती जोखिममा (भिडियोसहित)


0
Shares

डिल्लीराज पन्त
कन्चनपुर, चैत २७ । कन्चनपुरको स्याली नदीमा तटबन्ध निर्माण नहुँदा झलारी पिपलाडी नगरपालिकाको सिमलफाँटाको पूरै बस्ती जोखिममा परेको छ ।

एक वर्षअगाडि एक करोड ७ लाख रुपैयाँको ठेक्कामा काम थालिएपनि तटबन्ध निर्माणका लागि वन मन्त्रालयले चुरेबाट ढुंगा झिक्ने अनुमति नदिएपछि अलपत्र परेको हो ।

कन्चनपुरको झलारी पिपलाडी नगरपालिकामा पर्ने स्याली नदीको तटबन्ध एक वर्षअगाडि नै सम्झौता भइ निर्माण भइसक्नुपर्ने भएपनि तटबन्ध अझै निर्माण हुन सकेको छैन ।

तटबन्ध नबन्दा पाँच सय घर परिवार रहेको सिमलफाँटाको पूरै बस्ती नै बाढीको उच्च जोखिममा परेको स्थानीय बताउँछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।