
सिन्धुली, चैत २७ । सिन्धुलीको भुवनेश्वरी गाविसमा भएको आगलागीमा ४२ घर जलेर ध्वस्त भएका छन् ।
गाविसको १, ६, ७ र ९ नम्बर वडामा शुक्रबारदेखि लागेको आगलागीले ४२ घर जलेर नस्ट भएका हुन् । जंगलमा लागेको डढेलो मानवबस्तीमा फैलिँदा आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट भुवनेश्वरी गाविसको थांग्रे, मुर्गी र कात्तिके गाउँका दलितबस्तीका घर–गोठ जलेर नस्ट भएका हुन् ।
आगो तीनकन्या गाविसतर्फ फैलँदै गरेको छ ।
भौगोलिक विकटता तथा तीव्रवेगमा चलेको हावाका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्