
पाँचथर, चैत २७ । गत वैशाखमा गएको शक्तिशाली भूकम्पले भत्किएको पाँचथरको फिदिम नगरपालिका–७ को महाकवि देवकोटा प्राथमिक विद्यालयको भवन जर्मनीको एक संस्थाले निर्माण गरिदिएको छ ।
जर्मनीस्थित एमजेएफ बोनको १० लाख रुपैयाँ र स्थानीयको ४ लाख ३९ हजार ८ सय ७० गरी कुल १४ लाख ३९ हजार ८ सय ७० रुपैयाँको लगानीमा विद्यालयका दुईओटा भवन निर्माण गरिएको हो ।
एइडीसी नेपाल पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदीले भूकम्पले भवन भत्किएर विद्यार्थीलाई समस्या भएको र जिल्लाकै नमूना विद्यालय बनाउने उद्देश्यले भवन निर्माणका लागि सहयोग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्