Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


पाँच लाखको चिठ्ठा पर्‍यो भनि ठग्ने माओवादीका पूर्वलडाकु पक्राउ

काठमाडौं, वैशाख १२ । ५ लाख पाउण्डको चिठ्ठा पर्‍यो भनी ठगी गर्ने समूहका एजेन्ट जिल्ला ओखलढुंगा, दियाले गाविस वडा नं १ स्थायी वतन भएका बर्ष ३१ का अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । उनलाई राजधानीको सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सो कार्यमा संलग्न अन्यको खोजीकार्य भइरहेको छ…