Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


इमेजखबरको फेसबुक ह्याक गर्ने पक्राउ


0
Shares

काठमाडौं, वैशाख १२ । महानगरीय अपराध महाशाखाको टोलीले इमेजखबर डट कमको फेसबुक पेज ह्याक गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार बाँके, नेपालगंज–२ बाट ताजा मिडियाका संचालक प्रेम बहादुर बिकलाई पक्राउ गरिएको हो ।

उनलाई आइतबार महाशाखा मै ल्याइएको जनाइएको छ ।

प्राप्त सवुत प्रमाणको विश्लेषण र प्राविधिक सुराकीका आधारमा अनुसन्धान गर्दै जाँदा इमेजखबरको सो पेज ह्याक गरी भाइरलखबरका नाममा नयाँ फेसबुक पेज बनाई संचालनमा ल्याएको फेला परेको पनि महाशाखाले जनाएको छ ।

थप अनुसन्धान र प्राविधिक प्रमाणको आधारमा त्यसरी पेज ह्याक गर्ने व्यक्ति ‘ताजा मिडिया’ का संचालक प्रेम बहादुर बिक भएको तथ्य खुल्न आएको हुँदा निज उपर बिद्युतीय कारोवार ऐन अन्तर्गत थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका २८ वर्षीय विक बर्दिया, देउडाकला–३, माछाकला घर भई नेपालगंज–२ बस्दै आएको प्रहरीले जनाएको छ ।

उनका साथबाट प्रहरीले ल्यापटप थान–२, मोवाईल थान–२ बरामद गरेको छ ।