भुवन भट्ट/सहदीप केसी (इमेज)काठमाडौं, वैशाख ३० । सूचना तथा प्रविधिको तीव्र विकाससँगै योसँग जोडिएर हुने अपराध पनि बढ्दै गएका छन् । पछिल्लो समयमा सूचना–प्रविधिलाई दुरुपयोग गर्नेक्रम बढिरहेको छ ।प्रविधि दुरुपयोग गरी अपराध गर्नेक्रम बढे पनि पर्याप्त कानुनी व्यवस्था नहुँदा कारबाहीमा समस्या पर्ने गरेको छ ।‘तपाइँलाई करोडौंको चिट्ठा पर्यो, रकम प्राप्त गर्नका लागि बैंकको खाता नम्बर…