ललितपुर, साउन १४ । ललितपुरको एक प्लास्टिक उद्योगबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । पाटन औद्योगिक क्षेत्रस्थित संघाई प्लास्टिक इन्डस्ट्रिजको गोदाममा लुकाइराखिएको ४ सय ७१ किलो ८८ ग्राम मनोदीपक बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषधसँगै आर्य फर्मा ल्याब प्रालिमा कार्यरत भारतीय नागरिक दिलीप पण्डितलाई नियन्त्रणमा लिएको छ ।…