भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य • Image Khabar Image Khabar


भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य


Imagekhabar
४ भाद्र २०७३, शनिबार १६:१८

भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य

कञ्चनपुर, भदौ ४ । अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।

चनियाले बालबालिकाका बुबा दानबहादुरले नै धर्मपुत्रपुत्री बनाउन दिएको जिकिर गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

चनियाकी दिदी खट्टीले चनिया र गङ्गाराम रानाले पढाइ दिने आश्वासन दिएर बालबालिकालाई भारत लगेको प्रहरीमा उजुरी दिएका छन्  । उजुरी परेपछि प्रहरीले चनिया र गङ्गारामको खोजी गरेको छ ।

चनिया प्रहरीको सम्पर्कमा आए पनि गङ्गाराम आएका छैनन् । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न भएको अभियोग लागेकाहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्