चोरी भएका मुर्तिसहित तीनजना पक्राउ • Image Khabar Image Khabar


चोरी भएका मुर्तिसहित तीनजना पक्राउ


Imagekhabar
६ भाद्र २०७३, सोमबार १४:०३

चोरी भएका मुर्तिसहित तीनजना पक्राउ

ललितपुर, भदौ ६ । ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्ति चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका मानबहादुर मगर, काभ्रपलाञ्चोकका गणेश बहादुर श्रेष्ठ र दोलखाका मिनबहादुर खत्री रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मलेन गरी अभियुक्तहरुबाट बरामद मूर्तिहरु तथा सुन–चाँदी रत्न सार्वजनिक गरेको हो ।

जसमध्ये देवदतमहाविहारको ४ सय वर्षभन्दा बढी पुराना बुद्ध तथा ताराका सुनका मूर्तिहरु र दिपंकर बुद्धका सुनका दुईवटा ठूला मुकुट र गरगहना रहेका छन् ।

अभियुक्त श्रेष्ठ चोरी गर्ने मुख्य व्यक्ति रहेको, मगरले चोरीका सामान ओसारपसार गर्ने गरेको र खत्री चोरीका मूर्तिहरु बिक्री वितरण गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्