राजविराज, भदौ २ । सप्तरी प्रहरीले अपहरणमा परेकी एक बालिकालाई २० घन्टापछि सकुशल मुक्त गराउन सफल भएको छ । सप्तरीको नर्घो गाउँ विकास समिति वडा नम्बर–६ बाट बुधबार साँझ अपहरणमा परेकी सात वर्षीया बालिका सन्तोषी मण्डललाई विहीबार प्रहरीले मुक्त गराएको हो । बालिकालाई नेपाल–भारत सीमानाबाट करिब १२ किलोमिटर दक्षिण भारतको करियौत ग्रामपञ्चायतबाट सादा पोशाकमा खटिएका…