चलचित्रकर्मी रोज राणालाई खुकुरी हान्ने समातिए • Image Khabar Image Khabar


चलचित्रकर्मी रोज राणालाई खुकुरी हान्ने समातिए


Imagekhabar
१ भाद्र २०७३, बुधबार २३:३३

चलचित्रकर्मी रोज राणालाई खुकुरी हान्ने समातिए

                                                         फाइल फोटो
काठमाडौं, भदौ १ । नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणा (सरोज थापा)लाई खुकुरी प्रहार गरी घाइते बनाएका दुई अभियुक्त पक्राउ परेका छन् ।

ती अभियुक्तलाई महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले उनीहरुकै निवास नयाँबजारबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भक्तपुर सिद्धपोखरी स्थायी घर भएका २८ वर्षीय ‘मोटे’ भनिने विवेचन प्रजापती र धादिङ कटुन्जेका वर्ष १८ का ‘कटुन्जे’ भनिने सूर्य लामा रहेका छन् ।

तर, घटनाका मुख्य योजनाकार भुलुङ्टार, काभ्रेपलाञ्चोकका २८ वर्षका ‘जोधा’ भनिने रत्नबहादुर लामा भने फरार रहेको अपराध महाशाखाले जनाएको छ ।

चलचित्रकर्मी राणामाथि गत सोमबार साँझ पुरानोबानेश्वरस्थित सेन्टर क्याफेमा खुकुरी प्रहार भएको थियो ।

दाँहिने हातमा गम्भीर चोट लागेको उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्