मन्त्रालयको टोलीले सिलबन्दी गरेको बिगमार्टको ताला फुटाउने समातिए • Image Khabar Image Khabar


मन्त्रालयको टोलीले सिलबन्दी गरेको बिगमार्टको ताला फुटाउने समातिए


Imagekhabar
१ भाद्र २०७३, बुधबार ०१:१०

मन्त्रालयको टोलीले सिलबन्दी गरेको बिगमार्टको ताला फुटाउने समातिए

काठमाडौं, साउन ३२ । आपूर्ति मन्त्रालयको अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको कालोपुलस्थित बिगमार्टको ताला फुटाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बानेश्वरका बासु ढकालको कालोपुलस्थित बिगमार्टमा बस्ने कपिलवस्तु, बाणगंगाका गोपाल थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

थापाले सिलबन्दी गरेको बिगमार्टको ताला फुटाइ आफ्नो मोटरसाइकलको चाबी निकाली सटर बन्द गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत कमलपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्