महिलाको रहस्यमय हत्या • Image Khabar Image Khabar


महिलाको रहस्यमय हत्या


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २१:११

महिलाको रहस्यमय हत्या

बुटवल, साउन २८ । बुटवलमा विहीबार राति कालिकानगरमा भाडाको घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१३ घर भइ व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो ।

मृतकका पति बुटवलस्थित जेसिजचोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढिकुटीको कारोबार सन्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।

उनका पति काठमाडौं सामान लिन गएको र दुई सन्तान काठमाडौंमा बसी अध्ययन गर्दै आएकाले घरमा उनीमात्र एक्लै भएको मौका छोपेर हत्या गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्