महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना (भिडियो) • Image Khabar Image Khabar


महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना (भिडियो)


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २२:४९

महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना (भिडियो)

केशव भण्डारी (इमेज)
बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा एक महिलाको रहस्यमय तरिकाले हत्या भएको छ ।

भाडामा बस्दै आएकी कमला न्यौपानेको विहीबार राति आफ्नै कोठामा हत्या भएको हो ।

हत्यापछि कोठामा रहेका लाखौं मूल्य बराबरका गरगहना र रकम पनि लुटिएको बताइएको छ ।

उनको शव घाँटीमा बिजुलीको तार कसेको अवस्थामा बक्स पलङभित्र भेटिएको र टाउकोमा चोटसमेत रहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

उनका श्रीमान् नित्यानन्द न्यौपाने बुटवलमा जुत्ता पसल सन्चालन गर्दै आएका छन् । श्रीमान् कामको सिलसिलामा काठमाडौं गएको र दुई सन्तान पनि काठमाडौंमै रहेको समयमा घटना भएको हो ।

सोही घरमा डेरा बस्ने अरु व्यक्तिहरुकाअनुसार मृतक कमलाको कोठाको बाहिरबाट चुकुल लगाएको तर उत्तरपट्टिको झ्याल भने खुलै रहेको थियो ।

कमलाले विगत केही वर्षदेखि बुटवलमा ‘ढुकुटी’ खेलाउँदै आएकाले लेनदेनसम्बन्धी रिसइबीमा चिनेजानेकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्