बुटवल, कात्तिक १३ । रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी एक महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोहीअनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह नगरपालिका–२ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । दुई महिनाकी…