भाइले दाजुलाई हानेको खुकुरी बाबुको टाउकोमा बज्रिएपछि… « Image Khabar


भाइले दाजुलाई हानेको खुकुरी बाबुको टाउकोमा बज्रिएपछि…


Imagekhabar
२९ मंसिर २०७३, बुधबार २०:३९

इटहरी, मंसिर २९ । सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशंकामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकोमा बज्रन पुगेको थियो ।

टाउकामा धारिलो खुकुरीको प्रहार भएबाट घटनास्थलमै ढलेका बाबु गौतमको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

गाउँघर छरछिमेकमा रुखबाट लडेको र घरमा नै लडेको भनेर गरिएको हल्ला झुटो भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानपछि दुबै छोरा र श्रीमती कल्पना गौतमलाईसमेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

मृतक कृष्णकुमारको बुधबार दाहसंस्कार गरिएको छ । दुबै छोरा र श्रीमती कल्पनालाईसमेत अनुसन्धान तथा सोधपुछका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्