बन्चरो प्रहार गरी श्रीमतीको हत्या « Image Khabar


बन्चरो प्रहार गरी श्रीमतीको हत्या


Imagekhabar
३० मंसिर २०७३, बिहीबार १६:५५

दाङ, मंसिर ३० । दाङको गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

घोराही नगरपालिका–६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको विहीबार घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्