मदिरा भट्टी संचालकहरुलाई प्रहरी कार्यालयमा छलफल गराइ लिखितरुपमै भट्टी संचालन नगर्ने प्रतिवद्धता गराएपनि केहीले अवैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी चलाइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए । चन्द्रपुर नगरपालिकामा १३ वटा भट्टीबाट प्रहरीले दुई हजार लिटर तयारी मदिरा, दुई हजार किलोभन्दा बढी मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मदिराले भरेको ग्यालन, भाडाकुडा…