लोकमानमाथि दुर्व्यवहार गर्नेहरुलाई सात दिन थुन्ने म्याद « Image Khabar


लोकमानमाथि दुर्व्यवहार गर्नेहरुलाई सात दिन थुन्ने म्याद


Imagekhabar
८ पुष २०७३, शुक्रबार १६:४८

पक्राउ परेका नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरिदिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत् प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

शाही र बुढाले अख्तियारका निलम्बित प्रमुख कार्कीमाथि विहीबार सर्वोच्च अदालतमा कालोमोसो दल्दै मुक्का प्रहार गरेका थिए ।

शुक्रबारै कार्कीले एक विज्ञप्तिमार्फत् आफूलाई दुर्व्यवहार गर्ने दुई युवालाई कुनै कारबाही नगरी रिहा गरिदिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्