केरुङबाट आएको मोटरसाइकलमा पाँच किलो सुन, रसुवागढीबाट युवक समातिए

केरुङबाट नेपाल आएको बा२८प ७४५४ नम्बरको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिए ।
बरामद सुनको बजार मूल्य रु दुई करोड २३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ ।
तामाङका साथबाट मोबाइल दुईथान, नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र एकथान र रु ९ हजार बरामद गरिएको छ । रासस