पोखराको चिप्लेढुंगाबाट अपहरण गरी ल्याइएको बालिकालाई प्रहरीले धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेबाट सकुशल उद्दार गरेको हो । बालिका अपहरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा धादिङकै धुनीबेसी नगरपालिकाका २७ वर्षिय सन्तोष सापकोटा रहेका छन् । बालिकालाई अहिले प्रहरी चौकी गल्छीमा राखिएको छ भने अपहरणमा संलग्नबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।