जग्गाका विषयमा बाबुको हत्या आरोपमा पक्राउ • Image Khabar Image Khabar


जग्गाका विषयमा बाबुको हत्या आरोपमा पक्राउ


Imagekhabar
१४ कार्तिक २०७४, मंगलवार १५:२८

जग्गाका विषयमा बाबुको हत्या आरोपमा पक्राउ

बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेर बाबुको हत्या गरेको अभियोग लगाइएको हो ।

गम्भीर घाइते भएका महतोलाई जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९ः४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । रासस

प्रतिक्रिया दिनुहोस्