सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै फेला परेको शक्तिशाली बमलाई सेनाले निस्कृय पारेको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने योजना बनाइरहेको अवस्थामा स्थानीय नहर छेउबाट प्रहरीले सोमबार राती बम बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई चेकजाँच गर्दा उनीहरुका साथबाट अत्याधुनिक रिमोट फेला परेको र…