महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सिन्धुलीका रुद्रबहादुर मोक्तान, ताप्लेजुङका भुवानीप्रसाद भट्टराई, कालिकोटका विशालजंग शाही र सुरेशबहादुर शाही, सुनसरीका अभय पोखरेल, काठमाडौंका अनिल श्रेष्ठ र सन्तोषकुमार तिवारी र काभ्रेपलाञ्चोकका देवराज तामाङलाई सार्वजनिक गरेको हो । उनीहरुमध्ये मोक्तान र भट्टराई नक्कली कागजात पेस गरेर दूतावासमा अन्तर्वार्ता दिँदैगर्दा पक्राउ परेको जनाइएको छ । पक्राउ परेकाहरुले…