
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिन्धुली, दुम्जाका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान योन्जन टुल्कु लामालाई गत मंगलबार पक्राउ गरेको हो ।
आफूलाई ‘अवतारी लामा’ दाबी गर्ने उनले १० वर्षदेखि दक्षिणकाली, चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ सन्चालन गर्दै आएको ब्यूरोले जनाएको छ ।
उपचारका नाममा कोठामा लगेर महिलालाई निर्वस्त्र बनाउने र जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको पनि ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्