शुक्रबारे बजारमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेता विजय सुव्बा, माओवादी नेतृ सुशिला कन्दङवालगायत नेता चढेको गाडीमा बम विस्फोट गराइएको हो । छथर गाउँपालिका–१, आङ्दिममा गराइएको विस्फोटबाट मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ । विस्फोटबाट नेता तथा कार्यकर्ता भने सकुशल रहेको प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए…