
शुक्रबारे बजारमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेता विजय सुव्बा, माओवादी नेतृ सुशिला कन्दङवालगायत नेता चढेको गाडीमा बम विस्फोट गराइएको हो ।
छथर गाउँपालिका–१, आङ्दिममा गराइएको विस्फोटबाट मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ ।
विस्फोटबाट नेता तथा कार्यकर्ता भने सकुशल रहेको प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए । बम राख्नेको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरी बताएको छ ।
उता, सल्यानमा भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
प्रदेश सभा २ क अन्तर्गत शारदा नगरपालिका वडा नं. १ श्रीनगरमा प्रतिनिधि सभाको उम्मेदवार बसेको क्वार्टर नजिकै बन्दै गरेको घरमा बम फेला परेको थियो । अज्ञात समूहले राखेको बमलाई १६ घण्टापछि डिस्पोज गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्