
सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । शनिबार बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव फार्मभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ ।
गएराति नै सुवेदी दम्पत्तीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्