प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए । प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिए । हातहतियार तथा खरखजना ऐनअन्तर्गत् ६ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ…