
सोनीलाई कुटपिटका साथै शरीरमा तातो घिउ खन्याएर भीमदत्तनगरपालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् ।
कुटपिटबाट घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले कुटपिटबाट चन्दको शरीरका विभिन्न भागमा चोट लागेको जनाएको छ ।
यसैबीच, बुधबार दिउँसो दोषीमाथि कारबाहीको माग गर्दै वनगाउँका महिलाले जिल्ला प्रहरी कार्यालय कन्चनपुरको मूलढोकामा धर्नासमेत दिएका छन् ।
कुटपिटमा संलग्न राकेशको प्रहरीबाट खोजी भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्