Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नाबालिका छोरीको हत्यारा आमालाई कैद सजाय


0
Shares

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले एक वर्षीया नाबालिका छोरी दिलसा खनाललाई गत भदौ ३० गते घरछेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिए ।

खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हामफाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो ।

घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो । रासस