तीन दिनअघि उनले स्थानीय ५ र ६ वर्षीया दुई बालिकालाई ललाइ–फकाइ बलात्कार गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटना सार्वजनिक भएसँगै उनलाई पक्राउ गरिएको छ । बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि रामविरुद्ध मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । रौतहटमा पछिल्लो १० महिनाका अवधिमा…