बुधबार मोरङ जिल्ला प्रहरी कार्यालयले लोहनीलाई पक्राउ पुर्जी थमाएको हो । सुन तस्करीकान्डमा पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानबिन समितिले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा एसएसपी लोहनीको भूमिका शंकास्पद देखिएको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गर्न भनेको थियो । त्यसपछि अपराध अनुसन्धान महाशाखामा कार्यरत्…