
रौतहटको चन्द्रनिगाहपुरस्थित सहिदपार्कमा दुई युवाले रातभरि राखेर बालिकाको बलात्कार गरेको आरोप लगाइएको छ ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिकाकी ती बालिकालाई सर्लाहीको हरिवन नगरपालिकाका रिजवान अन्सारी र मुकेश दासले बलात्कार गरेको आरोप छ ।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बलात्कारको उजुरी दर्ता गराएकी छन् ।
घटनाका आरोपीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्