गृह सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा अपराध अनुसन्धान विभागका डीआइजी पुष्कल रेग्मीको कमान्डमा छानबिन समिति गठन गरिएको हो । गत फागुनको पहिलो साता चूडामणि उप्रेतीले चीनको केरुङ हुँदै ल्याएको ३३ किलो सुन हराउनु र गाडीका चालक सनम शाक्यको हत्या हुनुमा प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले अपराध अनुसन्धान महाशाखाका प्रमुख दिवेश लोहनीसँग बयान लिइसकेको छ ।…